नियम ३२
असामी किसानहरूबाट ऋण असुल गर्ने
ः
(१) नियम ३१ को उपनियम (२) बमोजिम भूमिसुधार अधिकारीले प्रत्येक असामी किसानको सम्बन्धमा निश्चित गरेको वास्तविक ऋण मध्ये चालू वर्षको ऋणको सा“वा र त्यसको ऐन बमोजिमको व्याज असामी किसानबाट मुख्य उब्जनी वाली काटेपछि तुरून्तै असूल उपर गर्नुपर्छ । चालू वर्ष भन्दा अघिको पुरानो ऋणको हकमा त्यसको सा“वा र ऐन बमोजिमको व्याज असामी किसानबाट एक मुष्ट वा ५ वार्षिक किस्ता सम्ममा असूल उपर गर्नुपर्छ । किस्ताको रकम प्रत्येक वर्षको मुख्य उब्जनी बाली काटेपछि तुरून्तै असूल उपर गर्नुपर्छ । समितिले
असूल उपर गरेको ऋणको अनुसूची–१५ मा तोकिएको ढा“चाको रसीद सम्बन्धित किसानलाई दिनुपर्छ ।
तर नियम ३१ को उपनियम (२) बमोजिम कृषि सम्बन्धी ऋणको वास्तविक रकम निश्चित भएपछि सोही बमोजिम हिसाब मिलाउने गरी उक्त रकम निश्चित नहुंदै पनि समितिले नियम ३१ को उपनियम (३) बमोजिम लिइएको लगतको आधारमा असामी किसानसँग चालू वर्षको ऋणको सा“वा र व्याज मुख्य उब्जनी बाली काटेपछि तुरून्तै असूल उपर गर्न सक्नेछ र त्यसको रसीद अनुसूची–१५ मा तोकिएको ढा“चामा सम्बन्धित किसानलाई दिनु पर्दछ ।
(२) उपनियम (१) अनुसार असूल भएको रकमको लिखित सूचना सम्बन्धित साहुलाई अनुसूची–१९ मा तोकिए बमोजिमको ढा“चामा दिनु पर्दछ तथा हिसाब किताब दुरूस्त राख्नुपर्छ र सो रकम हिनामिना भएमा समितिका सबै सदस्यहरू सामूहिक र
व्यक्तिगत रूपले जवाफदेही हुने छन् ।
(३) ……………….